जेठ१५,सिंगौल। बाराको निजगढ नगरपालिका-२ स्थित सिंगौलमा स्वास्थ्य भवनको शिलान्यास गरिएको छ।

निजगढ नगर प्रमुख सुरथ पुरी,उपप्रमुख सोममाया थिङ,वडाध्यक्ष राजन श्रेष्ठ लगायतले विहिवार १८ औँ गणतन्त्र दिवसको अवसर पारेर उक्त भवनको शिलान्यास गरेका हुन्।

मधेश प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयबाट बिनियोजित ४० लाख रुपैयाँको लागतमा भवन निर्माण हुन लागेको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए।

वडा कार्यालयको कम्पाउण्डभित्र २ओटा स्टोर रुमसहित ६ कोठाको भवन निर्माण हुन लागेको वडाध्यक्ष श्रेष्ठले बताए।

भवन निर्माणका लागि स्थानिय रमेशकुमार पुलामीको अध्यक्षतामा उपभोक्ता समिति गठन गरिएको छ।

सिंगौलबाट संचारकर्मी वसन्त लामाको सहयोगमा।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय