जेठ१५,निजगढ। नेकपा एमाले निजगढ नगर कमिटी अध्यक्ष तिलक घलानले केही समूहको जोडबलमा राजतन्त्र पून:र्स्थापना नहुने बताएका छन्।

गणतन्त्र दिवसको अवसरमा नगर कमिटीले निजगढमा आयोजना गरेको दीप प्रज्वलन कार्यक्रममा बोल्दै अध्यक्ष घलानले, २४० वर्षदेखि राज्यसत्ता संचालन गरेको राजतन्त्रलाई जनताले जितेको दिन जेठ १५ गते विशेष दिन भएको उल्लेख गर्दै जनताले ल्याएको व्यवस्था देख्न नसकेर राजावादी भनिने केहि समुहहरुले यो व्यवस्था परिवर्तन गर्न आन्दोलन गरेको आरोप लगाए।

“यो व्यवस्था स्थापित गर्न धेरै शहीद र हजारौँ बालबालिका टुहुरा भएका छन्, केहि समुह लाग्दैमा संघिय लोकतान्त्रिक व्यवस्था परिवर्तन हुँदैन।”उनको भनाई थियो।

कार्यक्रममा पार्टी प्रदेश कमिटी सदस्यहरु अम्बिकाप्रसाद चौलागाईं, सुदर्शन कोईराला, दुर्गा कोईराला,अञ्जु नेपाली, जिल्ला कमिटी सदस्यहरु र निजगढ नगरप्रमुख सुरथ पुरी लगायतको उपस्थिति थियो।

कार्यक्रमको सहजिकरण पार्टी सचिव थानेश्वर सापकोटाले गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय