जेठ१५,हेटौंडा। मकवानपुरको बकैयामा बिच्छिको टोकाईबाट एक बालिकाको मृत्यु भएको छ।

बकैया गाउँपालिका-७ मैनाटारका वीरबहादुर वाइबाकी ७ वर्षिया छोरी अस्मिता वाईबाको बिच्छीको टोकाईबाट ज्यान गएको हो।

प्रहरीले दिएको जानकारी अनुसार बुधवार(हिजो)साँझ ६ बजे आफ्नै घरमा नुहाएर कपडा लाउने क्रममा अस्मितालाई कम्मरको वाँंया भागमा बिच्छिले टोकेको थियो।

बिच्छीको टोकाईबाट गम्भीर घाईते भएकी अस्मितालाई विहिवार(आज) दिउँसो २ बजेदेखी सास फेर्न गार्हो भएपछी उपचारका लागी करिब पौने ७ बजे हेटौंडा अस्पताल ल्याईएको थियो।

उनको उपचारकै क्रममा राती पौने ९ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

घटना सम्बन्धमा हात्तिसुँढेबाट प्रहरी नायब निरीक्षक जनकबहादुर तामाङ कमाण्डको टोलीले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय