जेठ१५,हेटौंडा। मकवानपुरका एक बृद्व भर्याङबाट लडि सख्त घाईते भएका छन्।
जिल्लाको ईन्द्रसरोवर गाउँपालिका-४ चौताराका ७० वर्षिय सूर्यबहादुर थिङ भर्याङबाट लडि सख्त घाईते भएका हुन्।

आज(विहिवार) राती अन्दाजी पौने ८ बजे बिजुलीको लाइन कटेको बेलामा टर्च लाइट खोज्ने क्रममा थिङ आफ्नै पक्कि घरको एक तल्लाको भर्याङबाट भुईँमा खसि घाईते भएका प्रहरीले जनाएको छ।
थिङलाई टाउको र कानबाट रगत बगेको गम्भीर अवस्थामा
उनकी बुहारी रिता तामाङ्ले उपचारार्थ काठमाण्डौ तर्फ लगेकी प्रहरीले जनाएको छ।
घटना सम्बन्धमा प्रहरी चौकी फाखेलबाट प्रहरी सहायक निरीक्षक कमलबहादुर खत्री कमाण्डमा खटिएको प्रहरी टोलिले अनुसन्धान गरिरहेको जनाईएको छ।



