जेठ१६,हेटौंडा। मकवानपुर प्रहरीले लागूऔषध गाँजा र ट्रामाडोलसहित २ जनालाई पक्राउ गरेको छ।

१०५ किलो ९०० ग्राम गाँजासहित पिकअप गाडीका चालक दोलखाको जिरी नगरपालिका-१ का३२ वर्षीय अम्मरबहादुर तामाङ पक्राउ परेका हुन्।

तामाङले बुधवार हेटौंडाबाट बाराको कलैयातर्फ जाँदै गरेको बा.प्र.०१-०३०च १०४६ नम्बरको पिकअप गाडीभित्र ९ ओटा पोका बनाई उक्त परिमाणको लागूऔषध गाँजा लुकाई छिपाई लाँदै थिए।

हेटौंडा-१५ स्थित रातोमाटे चेकपोष्टबाट पक्राउ परेका तामाङलाई पिकअप गाडीसहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।

यस्तै विहिवार चितवनको भरतपुर महानगरपालिका-१४ घर भई मकवानपुरको मनहरी गाउँपालिका-८ डेरा गरि बस्ने सुशील श्रेष्ठलाई पनि प्रहरीले लागूऔषध ट्रमाडोलसहित पक्राउ गरेको छ।

हेटौंडा-१० स्थित बसपार्कमा राती पौने १२ बजे शंकास्पद अवस्थामा हिँडिरहेका श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय बाट खटिएको प्रहरी टोलिले लागूऔषध ट्रमाडोल ७८ ट्याब्लेट र TRIAD – 10 लेखिएको ५८ ट्याबलेटसहित नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय