जेठ१९,निजगढ। बाराको बिश्रामपुर गाउँपालिका-५ स्थित ईटियाहीस्थित बारा डिस्ट्रीलरीमा(रक्सी उत्पादन गर्ने कारखाना) आगलागी हुँदा २६ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ।
वीरगंज महानगरपालिका-१५ का अजयकुमार प्रजापतिले संचालन गरेको उक्त डिस्ट्रीलरीमा आज अपरान्ह ४ बजे विद्युतको तार सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ।

ईलाका प्रहरी कार्यालय प्रसौनीबाट प्रहरी नायब निरीक्षक
भाग्यनारायण साहको कमाण्डमा ८ जना र प्रहरी चौकी मुसहर्वाबाट खटिएको ६ जना प्रहरी टोलि,दमकल र स्थानियको सहयोगमा साँझ साँढे ५ बजे आगो पूर्णरुपमा नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ।
आगलागीबाट छब्बिस लाख अठसट्ठी हजार रुपैयाँ बराबरको समानहरु पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीको भनाई छ।




