जेठ१९,हेटौंडा। हेटौंडा औद्योगिक क्षेत्रमा उत्पादन कारखाना रहेको बहुराष्ट्रिय कम्पनी एसियन पेन्ट्सका कर्मचारीहरु आन्दोलित भएका छन्।

उद्योगले गैरकानुनी तरिकाबाट निष्काशीत एक कर्मचारीको पूनर्वहाली नगरेको भन्दै कर्मचारीहरु आन्दोलित भएका हुन्।

गत जेठ ८ गते उद्योगका कर्मचारी अर्जुन ढकाललाई उद्योग प्रशासनले निष्कासन गरेको थियो।

२०६५ साल बैसाख १ मा स्थायी नियुक्ति पाएका ढकाललाई उद्योग प्रशासनले बिना कारण निष्काशन गरेको मजदुर संगठनले आरोप लगाएको छ।

ढकाललाई निष्कासन गरेपछि उद्योगका कर्मचारीहरुले गत जेठ ९ गते प्रदर्शन गरी उनको पूनर्वहालीको माग गरेका थिए ।

हालसम्म ती कर्मचारीको पूनर्वहाली नभएपछि आखिल नेपाल औद्योगिक मजदुर संघ एसियन पेन्ट्स (नेपाल) प्रा.लि. ईकाई समितिले संघर्षको कार्यक्रम सार्वजनिक गरेको छ ।

आईतवार एक बिज्ञप्ती जारी गर्दै संघले संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो ।

ईकाई समितिका अध्यक्ष सन्तोष खड्काद्वारा हस्ताक्षरीत बिज्ञप्तीमा जेठ १८ गते आईतबारदेखि कालोपट्टी बाधेर काम गर्ने, २५ गतेदेखि प्रत्येक दिन २–२ घण्टा बिहान ६ बजेदेखि ८ बजेसम्म र दिउँसो २ बजेदेखि ४ बजेसम्म पेन डाउन गरी कार्यस्थलमा बस्ने र २८ गतेदेखि प्रत्येक दिन ४–४ घण्टा बिहान ६ बजेदेखि १० बजेसम्म र दिउँसो २ बजेदेखि ६ बजेसम्म पेन डाउन गरी कार्यस्थलमा बस्ने उल्लेख छ ।

कर्मचारी ढकाललाई पूनर्वहाली नगरे असार १ गतेदेखि उद्योगको कामकाज ठप्प पारी कार्यालय परिसरमा उपस्थित भई दवाव दिने पनि बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

उद्योगमामा कार्यरत ढकाललाई बिना कारण निष्कासन गरेपछि श्रम तथा रोजगार कार्यालय र जिल्ला प्रशासन कार्यालयले उद्योग प्रशासनलाई निष्कासन नगर्नु भनी दिएको आदेश समेतलाई अटेर गर्दै उद्योग प्रशासन अगाडि बढेपछि मजदुर आन्दोलित भएका अखिल नेपाल ट्रेड युनियन महासंघ मकवानपुर जिल्ला समितिका अध्यक्ष रामशरण घिमिरे (भान्जा)ले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय