जेठ२७,निजगढ।बाराको निजगढ नगरपालिकाले आफ्नो क्षेत्रमा संचालित सामुदायिक तथा संस्थागत विद्यालयहरुमा २ दिन गर्मि बिदा दिने भएको छ।
नगरपालिका अन्तर्गतको शिक्षा शाखाले आज एक सूचना जारी गरि जेठ २९ र ३० गते दुई दिन बिदा दिने निर्णय गरेको जनाएको हो।

केही दिन देखि बढ्दै गएको अत्याधिक गर्मीका कारण नियमित पठनपाठनमा असहज भएको र विद्यार्थीको स्वास्थ्यमा पर्ने प्रतिकुल असरलाई मध्यनजर गरी बर्षे बिदाबाट मिलान हुनेगरी २ दिन बिदा गर्नु गराउनु भनी सबै शिक्षा शाखाले सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई सम्बोधन गरि सूचना जारी गरेको छ।
नगरभित्र २७ ओटा सामुदायिक तथा ९ ओटा संस्थागत विद्यालय संचालित छन्।




