जेठ२९,हेटौंडा। मकवानपुरमा चट्याङ लागेर एकजना युवा घाईते भएका छन् भने एउटा घरमा क्षती पुगेको छ।

विहिवार साँझ ५ बजे वर्षासँगै परेको चट्याङले वागमती गाउँपालिका-२स्थित देउराली गाँउका अन्दाजी३२वर्षिय कृष्णबहादुर श्रेष्ठ घाईते भएका हुन्।

श्रेष्ठलाई आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङको झिल्काले लागी कम्मर भन्दा मुनिको भाग नचल्ने भएको र उनको राईगाउँस्थित स्वास्थ्य चौकीमा मध्यम अवस्थामा उपचार भईरहेको प्रहरीले जनाएको छ।

त्यस्तै चट्याङले सोही ठाउँका कमलजंग रानामगरको जस्ताले छाएको ईटाले बनेको १ तले घरमा पनि आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय