जेठ२९,हेटौंडा।हेटौंडामा सुनको तिल्हरी चोरीमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा हेटौंडा-१८ रामधुनीका २४ वर्षिय उपेन्द्रबहादुर विश्वकर्मा,३० वर्षिय संजिव गोतामे र वडा नम्वर ४ का २५ वर्षिय सन्तबहादुर बराईली छन्।
यहि जेठ २३ गते साँझ ७ बजे रामधुनी चोककी उषा परियारको घरबाटै तिल्हरी हराएको थियो।
परियारको जाहेरीका आधारमा अनुसन्धान तथा खोजतलास गर्ने क्रममा प्रहरी चौकी ठुलोदमारबाट खटिएको प्रहरी टोलिले उक्त तिल्हरीसहित ३ जनालाई बुधवार पक्राउ गरेको प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए।
उनिहरुलाई चोरी तथा डाँका सम्बन्धी कसुर मुद्धामा मकवानपुर जिल्ला अदालत हेटौंडाबाट ५ दिनको म्याद अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको डिएसपी अर्यालले बताए।



