जेठ३०,हेटौंडा।मकवानपुर प्रहरीले अवैध भरुवा बन्दुकसहित १ जना लाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जिल्लाको ईन्द्रसरोवर गाउँपालिका-५ का ६० वर्षिय साङ दोर्जे लामा छन्।
लामालाई सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय भीमफेदीबाट खटिएको प्रहरी टोलिले विहिवार राती ९ बजेर ५५ मिनेटको समयमा उनको घरैबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए।
लामाको घरकोठामा रितपुर्वक खानतलासी गर्दा १ थान अवैध भरुवा बन्दुक फेला परेको थियो।
लामालाई उक्त बन्दुकसहित नियन्त्रणमा लिई हातहतियार तथा खरखजना सम्बन्धी कसुर मुद्धामा थप अनुसन्धान कार्य भईरहेको डिएसपी अर्यालले बताए।



