असार३,काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसदहरूले जथाभावी ड्रेस लगाएर संसद् भवन प्रवेश गरेको भन्दै सत्तारुढ दल नेपाली कांग्रेसले कारबाही गर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका छन् ।

मंगलवार प्रतिनिधिसभा बैठकमा निलो रिबन लगाएर प्रवेश गरेका रास्वपा सांसदहरूलाई चेतावनी र संसद्ंबाट निष्कासन समेत हुनसक्ने नियमावली सम्झाउँदै कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले ध्यानाकर्षण गराएका हुन् ।

यो संसद्‌मा मर्यादित पोशाकमा आउनुपर्छ भनिएको छ । यो नियमावलीमा गरिएको व्यवस्था हो । यो संसद्‌मा केही माननीय सदस्यले जुन स्कार्फ लगाउँदै आउनुभएको छ, यो मर्यादित पोशाकभित्र पर्छ कि पर्दैन ?,’ घिमिरेले भनेका छन्। उनले यस्ता ड्रेसलाई संसद्को मर्यादाभित्र पर्ने वा नपर्ने भन्दै सभामुख घिमिरेलाई प्रश्न गरे ।

रास्वपा सांसदहरू मानव तस्करीको विरोधस्वरुप निलो रिबन गलामा पहिरेर संसद प्रवेश गरेका थिए। रास्वपाले निलो रिबनलाई मानव तस्करीविरुद्धको विश्वव्यापी अभियानको प्रतीक भनेको छ।

भिजिट भिसा प्रकरणलाई मानव तस्करीको संज्ञा दिँदै रास्वपाले गत जेठ १३ गतेदेखी सदनमा आन्दोलन गर्दै आएको छ।

रास्वपाले उक्त प्रकरणमा गृहमन्त्री रमेश लेखको संलग्नता हुनसक्ने भन्दै उनको राजिनामा र उच्चस्तरीय छानबिन आयोगको माग गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय