असार४,बारा।बाराको जंगलमा बाख्रा चराउन गएका एक पुरुषलाई बाघले मारेको छ।

मकवानपुरको मनहरी गाउँपालिका घर भई जीतपुर-सिमरा उपमहानगरपालिका-२१ का वीरबहादुर थिङको घरमा बाख्रा चरुवा कामदारको रुपमा काम गर्दै आएका अन्दाजि ५५ वर्षिय चन्द्रबहादुर भोलनलाई बाघले मारेको हो।

हिजो मंगलवार विहान ११ बजे तिर चकरी जङ्गलमा ३०/४० वटा बाख्रा लिएर चराउन गएका भोलन साँझ घर नफर्किएपछि आफन्त,वडाअध्यक्ष सुबास श्रेष्ठ,ईलाका प्रहरी कार्यालय अम्लेखगंजका प्रहरी वरिष्ठ नायव निरीक्षक धनप्रसाद श्रेष्ठ कमाण्डको टोली र स्थानीय खोजतलासका लागि निस्किएको थियो।

खोजी गर्ने क्रममा आज विहान साँढे ७ बजे दक्षिणकाली सामुदायिक वनको खोल्सामा भोलनको शरिर बाघले खाएको जस्तो अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ।

बाघले आक्रमण गरि केही बाख्रा पनि मारेको प्रहरीले जनाएको छ। चराउन लगेका मध्ये जम्मा २७ वटा बाख्रा मात्र जिउँदो फेला परेको प्रहरीको भनाई छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय