असार४,बारा।बारा प्रहरीले कुटपिट गरि हत्या गरेको आरोपमा एकै परिवारका तीनसहित चार जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा कलैया-१४ बघवन टोलका २८ वर्षिय दिगम्वर साह कलवार, ३८ वर्षीया रन्जु जैसवाल र उनकी छोराहरु २० वर्षिय सुमित जैसवाल र १८ वर्षिय सुजितकुमार जैसवाल छन्।
गत जेठ २९ गते उमेश जैसवालको परिवारसहित ६ जनाले पुरानो रिसिईवी साँध्न कुटपिट गर्दा बघवनका ५० वर्षिय नन्दु राउत कुर्मीको ज्यान गएको प्रहरीले जनाएको छ।
साँझ सवा ६ बजे भएको सामुहिक कुटपिटबाट गम्भीर घाईते भएका कुर्मिलाई प्रादेशिक अस्पताल कलैयामा उपचारका क्रममा ७ बजे र २० मिनेट जाँदा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ।
घटना बारे खबर प्राप्त हुनासाथ तत्काल घटनास्थल पुगेको प्रहरी टोलिले घटनामा संलग्न सोही ठाउँका २८ वर्षिय दिगम्बर साह कलवारलाई सोही दिन पक्राउ गरी ज्यान सम्बन्धी कसूर मुद्दामा जिल्ला अदालत कलैयाबाट ७ दिनको म्याद अनुमति लिई अनुसन्धान अगाडी बढाईसकेको अवस्थामा फरार रहेका अन्य आरोपीहरुलाई पनि आज पक्राउ गरि सोही मुद्दामा म्याद मिलान गरि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
फरारहरुको खोजीकार्य गर्ने क्रममा कलैया-५स्थित सागर लामिछानेको घरमा लुकिछिपि बस्दै आएकी रन्जु र पर्साको वीरगंज महानगरपालिका-१ शान्ती टोलका बसिर मियाँको घरमा छुकिछिपि बस्दै गरेका २ छोराहरुलाई आज पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उमेशसहित फरार रहेका अन्य आरोपिहरूको पनि खोजतलास भैरहेको प्रहरीले जनाएको छ।



