असार४,हेटौंडा।मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१९ मा करेन्ट लागेर एक भारतिय नागरिकको मृत्यु भएको छ।
आज दिउँसो २ बजे नेवारपानीस्थित कमल सुवेदी, रमेश पौडेल र सुर्दशन विडारीले संयुक्त रुपमा संचालन गरेका तारा फाईबर उद्योगमा हेड अपरेटरको रुपमा काम गर्ने भारत विहारका ४० वर्षिय भुषण बैठाको ज्यान गएको प्रहरीले जनाएको छ।
उद्योग नजिकै रहेको सानो खोल्सा किनाराबाट मोटर लगाएर पानी तान्ने क्रममा पानी नआएपछि, के समस्या भएको हो भनि चेकजाँच गर्ने क्रममा अचानक करेन्ट लागेर बैठाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता श्यामु अर्यालले जानकारी दिए।
मुचुल्का लगायतको काम सम्पन्न गरि बैठाको शव हेटौडा जिल्ला अस्पतालमा राखिएको र घटना बारे थप अनुसन्धान भैरहेको डिएसपी अर्यालको भनाई छ।



