असार५ हेटौंडा।मकवानपुरको थाहा नगरपालिकामा एक महिलाको बिभत्स हत्या भएको छ।

वडा नम्वर १ स्थित कुन्छाल बस्ने अन्दाजी ५० वर्षिया तुलमाया गोपालीलाई उनकै छिमेकि देवर नाता पर्ने ३५ वर्षिय बिमलमान गोपालीले आज दिउँसो २ बजेर २० मिनेटको समयमा खुकुरी प्रहार गरि हत्या गरेको मकवानपुर प्रहरीले जनाएको छ।

खुकुरी प्रहारबाट तुलमायाको टाउको र जिउ छुट्टिएको जिल्ला प्रहरी प्रवक्ता श्यामु अर्यालले जानकारी दिएका छन्।

घट्नापछी फरार रहेका बिमलमानलाई अस्थायी प्रहरी पोष्ट बज्रबाराहीबाट प्रहरी सहायक निरीक्षक सन्तुकुमार लामा र ईलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी निरीक्षक सबिनबावु अर्यालको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा अपरान्ह ३ बजेर ३५ मिनेटको समयमा वडा नम्वर ३ स्थित थानाबजारबाट खुकुरीसहित नियन्त्रणमा लिएको डिएसपी अर्यालले बताए।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय