असार५,हेटौंडा। राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरले भोलि शुक्रवार हेटौंडामा मानव तस्करीविरुद्व विरोध प्रदर्शन गरी प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने भएको छ।

रास्वपाले बिहान १० बजे हेटौंडा-१० टिसिएन चौरस्थित पार्टी कार्यालयबाट विरोध जुलुस शुरु गरि जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने तयारी गरेको हो।

पार्टी सभापति भरत पराजुलीले मानव तस्करीविरुद्ध सम्पूर्ण देशभक्त नागरिक, बौद्धिक वर्ग तथा समर्थकहरूलाई कार्यक्रममा सहभागी हुन आह्वान गरेका छन्।

“सरकारले दुई तिहाईको दम्भ देखाएर मानव तस्करहरूलाई संरक्षण दिइरहेको छ। अब सदनमात्र हैन,सडकबाट पनि हामी आवाज उठाउँछौं। वागमती प्रदेशको राजधानी हेटौंडाबाटै जनताको आन्दोलन सुरु हुनेछ।” पराजुलीले भने।

रास्वपा सांसदहरुले भिजिट भिसामार्फत मानव तस्करीमा गृहमन्त्री रमेश लेखकको संलग्नता हुनसक्ने भन्दै स्वतन्त्र छानबिन र गृहमन्त्रीको राजिनामा माग्दै गत जेठ१३ गतेदेखी संघीय सदनमा विरोध प्रदर्शन गर्दै आएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय