असार६,हेटौंडा।प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठलाई प्रेस सेन्टर मकवानपुरले पत्रकारहरुको पेशागत मर्यादा र सुरक्षाको प्रत्याभूत हुनेगरी कार्यसम्पादन गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा उभिदिन आग्रह गरेको छ।

सेन्टरले शुक्रवार एक बिज्ञप्ति जारी गर्दै नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रममा समाचार संकलनका लागी पुगेका पत्रकारहरुलाई रोक लगाएको भन्दै ध्यानाकर्षण भएको जनाएको हो।

शुक्रवार नेपाली कांग्रेसले हेटौंडा-१ का वडाध्यक्ष सबिन न्यौपानेमाथी भएको आक्रमण र रास्वपाले भिजिट भिषा काण्डबारे प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको थियो।

सो कार्यक्रममा समाचार संकलनको सिलसिलामा पुगेका पत्रकारहरुलाई कार्यालय प्रवेशमा रोक लगाई दृश्य खिच्न समेत नदिएको भन्दै सेन्टरले भर्त्सना गरेको छ।

समाचार संकलनका लागी पुगेका पत्रकार महासंघ मकवानपुरकी उपाध्यक्ष भावना रिजाल,महासंघ सदस्य एवं रातोपाटीकर्मी गणेश दुलाल,टिम टिभी हेटौंडामा कार्यरत मनिल महतोसहित दर्जनौं पत्रकारहरुलाई कार्यालय प्रवेशमा रोक लगाई दृश्य खिच्न समेत नदिएको प्रेस सेन्टरले बिज्ञप्तिमा उल्लेख गरेको छ।

सेन्टरले,नेपालको संविधान २०७२ को धारा१७(२)(क)१९,२७ र ३५(४)ले संचारकर्मिलाई अभिव्यक्ति स्वतन्त्रता र सूचना प्राप्तिको अधिकारको प्रत्याभूत गरेको भन्दै प्रशासन कार्यलयको कार्यप्रति घोर भर्त्सना गरेको छ।

यस्तै,पत्रकार महासंघ मकवानपुरका पूर्वअध्यक्ष मणिराज गौतमले पनि समाचार संकलनका लागि पुगेका संचारकर्मीहरुलाई प्रमुख जिल्ला अधिकारीले कार्यालय प्रवेशमा रोक लगाएको कदमप्रति घोर भत्सर्ना गर्दै निन्दा गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय