असार६,हेटौंडा।राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरले प्रमुख जिल्ला अधिकारीमार्फत “भिजिट भिषा”प्रकरणबारे संघीय सरकारलाई ध्यानाकर्षण गराएको छ।

रास्वपा जिल्ला सभापति भरत पराजुली लगायतका पदाधिकारीहरुले शुक्रवार प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ समक्ष ५ बुँदे ज्ञापनपत्र बुझाएको हो।

हजारौं नेपाली नागरिकहरु भिजिट भिषाको नाममा अवैधरुपमा मानव तस्करीको सिकार बनिरहेको भन्दै अध्यागमन कार्यालय,ट्राभल एजेन्सी,म्यानपावर कंपनी,केही कुटनीतिक नियोग र आपराधिक समूहहरुको संलग्नतामा युवाहरुलाई गैरकानुनी तरिकाले तेस्रो मुलुक पठाईएको ज्ञापनपत्रमा उल्लेख छ।

यस्ता कार्यहरु नेपाली राज्य व्यवस्था,कानुनी शासन र मानव अधिकारमाथिको गम्भीर प्रहार भएकोले जिल्ला प्रशासन कार्यालयमार्फत संघीय सरकारलाई ध्यानाकर्षण गराउन ५ बुंदे ज्ञापनपत्र बुझाईएको सभापति पराजुलीले बताए।

प्रकरणको छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग गठन,छानबिन समितिको कार्यक्षेत्र,संरचना,व्यवस्थापन र अधिकार निर्धारण गर्न १ दिनभित्र कार्यसम्पादन समिति गठन,छानबिनको सम्पूर्ण प्रक्रिया पारदर्शी एवं तथ्यमा अधारित रहि समयसिमाभित्र हुनुपर्ने र,मानव तस्करी जस्तो गम्भीर विषयमा राजनैतिक, प्रशासनिक जवाफदेहीता र कर्तव्यका लागि गृहमन्त्रीको राजिनामा आउनुपर्ने लगायतका बुँदाहरु ज्ञापनपत्रमा समावेश छन्।

रास्वपा सांसदहरुले “भिजिट भिषा” प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजिनामा र स्वतन्त्र उच्चस्तरीय छानबिन आयोगको माग गर्दै गत जेठ १३ गतेदेखी संसदमा आन्दोलन गरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय