असार७,काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्रीमा कविन्द्र बुर्लाकोटी र प्रवक्तामा मनिष झालाई जिम्मेवारी दिएको छ।

तेस्रो स्थापना दिवसको अवसरमा शनिवार पार्टी केन्द्रिय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले पार्टीको कार्यवाहक महामन्त्री रहेका वुर्लाकोटीलाई कार्यवाहक हटाएर महामन्त्री र कार्यवाहक प्रवक्ताबाट झालाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो।

पार्टीका महामन्त्री तथा प्रवक्ता रहेका मुकुल ढकाललाई २०८१ असार २५ गते बसेको रास्वपाको केन्द्रीय समिति बैठकले केन्द्रीय सदस्य, प्रवक्ता तथा महामन्त्रीको जिम्मेवारीबाट हटाएपछि वुर्लाकोटी र झाले कार्यवाहक सम्हाल्दै आएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय