असार७,निजगढ। राष्ट्रिय स्वतन्त्र पार्टी बाराले आफ्नो पार्टीको तेस्रो स्थापना दिवस विविध कार्यक्रम गरेर मनाउँदैछ।
रास्वपाले आज बाराको उत्तरी भेग निजगढदेखि भारतसँगको सिमा नाका मटिहर्वासम्म विविध कार्यक्रमको आयोजना गरेको छ।
रास्वपा निजगढ नगर कमिटीले शनिवार विहान निजगढ–४ स्थित ऐतिहासिक पर्वतनाथ महादेव मन्दिरमा सरसफाइसहित फुलका बिरुवा रोपेको रास्वपा बाराका सचिव रामहरी खरेलले बताए।
यस्तै जिल्ला सभापति चन्दन स्वर्णकारले सदरमुकाम कलैयादेखि मटिअर्वा नाकासम्म मोटरसाईकल र्यालीसहित झण्डोतोलन कार्यक्रम गर्ने बताए।
उनका अनुसार कलैया-१०, मटिअर्वा भन्सार नजिक रहेको नेपालको राष्ट्रिय झण्डाको अवस्था दयनिय रहेकोले बेलुका ४ बजे देखि उक्त राष्ट्रिय झण्डा परिवर्तन गरि नयाँ झण्डा राख्ने कार्यक्रम रहेको उनले बताए।
यस्तै स्थापना दिवसको अवसर पारेर रास्वपा जीतपुर-सिमरा र निजगढ नगर समितिले आज साँझ दिप प्रज्वलनको कार्यक्रम समेत आयोजना गर्ने जनाएको छ।



