असार७,काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले तीनकुने घटनामा मृत्यु भएका पत्रकार सुरेश रजकको परिवारलाई तीन लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।
पार्टीको तेस्रो स्थापना दिवसका अवसरमा शनिवार माइतीघर मण्डलामा आयोजित कार्यक्रममा कार्यवाहक सभापति डोलप्रसाद अर्यालले उक्त रकम सहयोगको घोषणा गरेका हुन् ।
गत चैत १५ गते तीनकुनेमा भएको राजावादी आन्दोलनमा दृश्य खिच्न गएका एभिन्युज टीभीका क्यामेराम्यान रजकको जलेर मृत्यु भएको थियो ।



