असार१३,हेटौंडा।नेपाल स्केटिङ तथा स्केटबोडिङ संघ मकवानपुरको प्रथम सम्मेलनले कुमारी लामा तितुङलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ।

बिहीबार सम्पन्न उक्त सम्मेलन काठमाडौं जिल्ला खेलकुद समिति कर्मचारी संघका अध्यक्ष तथा कराँते प्रशिक्षक राधिका यर हिमालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रममा नेपाल स्केटिङ तथा स्केटबोडिङ संघका केन्द्रीय महासचिव सत्य थापा, प्रदेश अध्यक्ष विकास लामा, सचिव श्रवण कुमार बर्तौला र विजय राज कर्जित लगायतको विशेष उपस्थिति रहेको थियो।

संघको नवगठित ११ सदस्यीय कार्यसमितिमा उपाध्यक्षमा विशाल चौलागाईं र जयबहादुर थोकर, सचिवमा राहुल डिम्डुङ, कोषाध्यक्षमा लक्ष्मी गोले चयन भएका छन्। त्यस्तै, सदस्यहरूमा बबिन लामा, लवराज अधिकारी, सागर राई, मित्रप्रसाद गौतम, किरण घिसिङ र मनिष खड्का रहेका छन्।

कार्यक्रमका क्रममा सचिव राहुल डिम्डुङले थप सदस्य मनोनयन गरी समिति विस्तार गरिने जानकारी दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय