असार१६,हेटौंडा।हेटौंडा उपमहानगरपालिकामा टोल विकास संस्थाको २५औँ स्थापना दिवस तथा रजत जयन्ती समारोह भव्य रूपमा सम्पन्न भएको छ।
सोमवार सम्पन्न कार्यक्रममा हेटौंडा नगरभरिका १९ वटा उत्कृष्ट टोल विकास संस्थाहरूलाई सामाजिक सहभागिता, वातावरणीय सचेतना, आर्थिक सक्रियता र महिला तथा युवा सशक्तिकरणका मापदण्डका आधारमा प्रमाणपत्र, दोसल्ला र नगद पुरस्कारसहित सम्मान गरिएको थियो।

कार्यक्रममा वडा नं. १ बाट चेतनशिल टोल विकास संस्था, वडा नं. २ बाट सिद्धार्थ टोल विकास संस्था, वडा नं. ३ बाट वसाहा महादेव टोल विकास संस्था, वडा नं. ४ बाट वुद्ध टोल विकास संस्था, वडा नं. ५ बाट ज्ञान दिप टोल विकास संस्था, वडा नं. ६ बाट गुप्तेश्वरी टोल विकास संस्था, वडा नं. ७ बाट किरणचोक टोल विकास संस्था, वडा नं. ८ बाट कालिकामाई टोल विकास संस्था, वडा नं. ९ बाट प्रगति टोल विकास संस्था, वडा नं. १० बाट नमुना टोल विकास संस्था, वडा नं. ११ बाट कृष्ण मन्दिर टोल विकास संस्था, वडा नं. १२ बाट सुनौलो टोल विकास संस्था, वडा नं. १३ बाट पध्म विनायक टोल विकास संस्था, वडा नं. १४ बाट कालीदेवि टोल विकास संस्था, वडा नं. १५ बाट सानो सुकौली टोल विकास संस्था, वडा नं. १६ बाट पुर्वेली दमार टोल विकास संस्था, वडा नं. १७ बाट डिपुचौरू टोल विकास संस्था, वडा नं. १८ बाट भुटनदेवी टोल विकास संस्था, र वडा नं. १९ बाट तपोवन टोल विकास संस्थालाई सम्मान गरिएको हो।
त्यस्तै, समाज रूपान्तरण, महिला सशक्तिकरण, सरसफाइ, सहकार्य र समुदाय विकासमा विशेष योगदान पुर्याउने १३ विशिष्ट व्यक्तित्वहरूलाई पनि रजत जयन्ती विशेष सम्मान प्रदान गरिएको छ।
स्व.रमेशरत्न स्मृति सम्मान–२०८२ यस वर्ष हेटौंडा–२ का चन्द्रशेखर ढुंगानालाई प्रदान गरिएको छ।
समारोहकै अवसरमा टोल विकास अभियानका गतिविधि, कार्यविधि, लेख, अनुभव र बिधान समेटिएको “टोल विकास स्मारिका–२०८२” को विमोचन समेत गरिएको थियो।
सामाजिक नेतृत्व, महिला सशक्तिकरण, सरसफाइ, सहकार्य र समुदाय विकासका क्षेत्रमा विशिष्ट योगदान पुर्रयाउनु हुने टोल विकास संस्था नगर समन्वय समितिका संस्थापक हेटौंडा–१ का उत्तमप्रसाद पौडेल र वेगम बराल, हेटौंडा–२ की सानु श्रेष्ठ, हेटौंडा–४ की तिर्थदेवी सिलवाल र लक्ष्मी पुलामी, हेटौंडा–५ का ज्ञानबहादुर थापा र उमा राई, हेटौंडा–६ का श्यामप्रसाद भट्टराई, हेटौंडा–७ का राजु वाईवा, हेटौंडा–८ का हरिकृष्ण श्रेष्ठ, हेटौंडा–९ का मुकुन्दप्रसाद अधिकारी, हेटौंडा–१० की शान्ता गजुरेल र हेटौंडा–११ का पूर्णभक्त लामालाई रजत जयन्ती विशेष सम्मान प्रदान गरीएको छ ।
समारोहकै अवसरमा टोल विकास अभियानका विविध जानकारी, कार्यविधि, लेख, अनुभव तथा बिधान समेटिएको टोल विकास स्मारिका–२०८२ विमोचन गरिएको छ ।
टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीको अध्यक्षता र हेटौंडा उपमहानगरपालिकाका प्रमुख मिनाकुमारी लामाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा वडा नं. ४ का वडा अध्यक्ष नविन सिग्देल, वडा नं. ११ की जुना दाहाल, सामाजिक विकास महाशाखाका प्रमुख डा. भिमप्रसाद तिमल्सिना, संस्थाका सल्लाहकारहरू डा.बलराम भट्ट, प्रताप विष्ट, ज्ञानबहादुर थापा, राजु अधिकारी तथा जगन्नाथ सापकोटा लगायतका समाजसेविहरुको सहभागिता रहेको थियो ।




