साउन१,हेटौंडा।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि भएकाे “राजनीतिक प्रतिशाेधविरुद्ध जनताकाे हस्ताक्षर” अभियानको २५ दिनमा साँढे २४ लाख भन्दा बढी हस्ताक्षर संकलन भएको छ।
असार ७ देखी साउन १ गतेसम्म २५ दिनको अवधीमा यी हस्ताक्षरहरु संकलन भएको अभियानका संयोजक दीपक बोहोराले विहिवार पत्रकार सम्मेलनमार्फत जानकारी गराएका हुन्।

उनका अनुसार काेशी प्रदेशमा १ लाख ६६ हजार ८६१
मधेसमा बीस हजार ५०५,वागमतीमा ६ लाख ३९ हजार ६८,गण्डकीमा ४ लाख ३२ हजार ७२३, लुम्विनीमा २ लाख ३६ हजार ५९५,कर्णालीमा ४३ हजार ७७५ र सुदूरपश्चिम प्रदेशमा ९४ हजार ५३५ हस्ताक्षर संकलन भएको छ।
यस्तै,काठमाडौंस्थित केन्द्रीय कार्यालयमा ३३ हजार ३७०,काठमाडौंमा र्याटकाे व्यवस्थापक बुथमा ५९ हजार ८८५, सामाजिक सञ्जाल ह्वास्टएप मार्फत ६ लाख ५० हजार १७२ र इमेलमार्फत ८० हजार १७६ गरि कूल २४ लाख ५७ हजार ६१८ हस्ताक्षर संकलन भएको छ।
हालसम्म प्रदेश, जिल्ला र पालिकास्तरीय समितले अभियानकाे नेतृत्व गरेकोमा साउन ५ गतेदेखि वडा समितिले अभियानलाई जनस्तरसम्म पुर्याउन घरदैलाे कार्यक्रम गर्ने बोहराले बताए।
उनका अनुसार अब नेपाल-भारत सीमा नाकाका मुख्य विन्दू (काकडभिट्टा, रक्साैल, जाेगवनी, बेलहिया, जमुनाह, गड्डाचाैकीलगायत), विभिन्न विमानस्थल, बसपार्क र बढी सार्वजनिक आवागमन हुने क्षेत्रमा ऐक्यबद्धता डेस्क सञ्चालन गरिनेछ।यस्तै, उपचुनाव हुने रुपन्देही-३ का ३६ वटै वडामा बुथमार्फत अभियान सञ्चालन गर्ने पनि उनले जानकारी दिएका छन्।
यता,अभियान संचालन गर्दा हालसम्म१३ लाख ५४ हजार ४८६रुपैयाँ घाटा भएको बोहराले बताएका छन्।
हालसम्म ५९ लाख ६७ हजार खर्च भएको र जम्मा ४६ लाख १२ हजार ६३७ रुपैयाँ मात्र सहयोग रकम जम्मा भएको उनले बताए।
अभियान अझै लामाे समय चल्ने भएकाले थप खर्च हुने उनको भनाई छ। हस्ताक्षर अभियान करिब १०० दिनसम्म संचालन गरिने जनाईएको छ।




