साउन८,हेटौंडा।राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सभापति रवि लामिछानेलाई राज्यले “राजनैतिक प्रतिशोध”साँधेको भन्दै शुरु गरेको हस्ताक्षर अभियानको एक महिनामा साँढे २७ लाख भन्दा बढी हस्ताक्षर संकलन भएको छ।

रास्वपाले गत असार ७ गते पार्टीको तेस्रो वार्षिकोत्सवको अवसर पारेर विश्वव्यापीरुपमा हस्ताक्षर अभियान संचालन गरेको थियो।

यस अवधीमा प्रदेशगत हिसाबमा सबैभन्दा बढी वागमती प्रदेशमा ७ लाख १३ हजार ३३१ हस्ताक्षर संकलन भएको छ भने सबैभन्दा कम कर्णाली प्रदेशमा ७२ हजार १४२ हस्ताक्षर संकलन भएको छ।

पार्टी प्रवक्ता मनिष झाका अनुसार काेशी प्रदेशमा २ लाख १३ हजार १०६,मधेसमा १ लाख ४ हजार ३६०,गण्डकीमा ५ लाख १२ हजार ९१४, लुम्बिनीमा २ लाख ५२ हजार ४३१ र सुदूरपश्चिम प्रदेशमा १ लाख १० हजार ५१२ हस्ताक्षर संकलन भएको हो।

यस्तै,केन्द्रीय कार्यालय वनस्थली,काठमाडौंमा ३६ हजार ५१० काठमाडौंस्थित र्‍याटकाे व्यवस्थापक बुथमा ७४ हजार ११३, ह्वास्टएप मार्फत ७ लाख ५५२ र इमेल मार्फत ८३ हजार ५६६ गरि कुल २७ लाख ५० हजार ६७७ हस्ताक्षर संकलन प्राप्त भएको झाले बताए।

रास्वपाले आफ्नो पार्टी र सभापति लामिछानेप्रती जनताको अभिमत बुझ्न यो अभियान चलाएको बताएको छ। अभियान १०० दिनसम्म निरन्तर चल्ने पनि बताईएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय