साउन१८,हेटौंडा। हेटौंडाको पिप्ले चोकबाट लागूऔषध खैरो हिरोईनसहित २ जना युवा पक्राउ परेका छन्।

पक्राउ पर्नेमा हेटौंडा-५ का २१ वर्षिय विशेष शाक्य र हेटौंडा-६ घर भएका ३८ वर्षिय सुवास चौलागाईं छन्।

प्रहरीले उनीहरुको साथबाट ५२० मिलिग्राम खैरोहेरोईन बरामद गरेको हो।

शनिवार साँझ वडा प्रहरी कार्यालय सानोपोखराबाट खटिएको प्रहरी टोलीले कान्तिराजपथस्थित पिप्लेचोकमा सवारी साधनहरु चेकजाँच गर्ने क्रममा शान्ती टोलबाट पिप्ले चोकतर्फ आउँदै गरेको ना. ३५ प ६७१२ नम्बरको स्कुटर चालक शाक्य र सोही स्कुटर पछाडी सवार चौलागाईंलाई खानतलासी गर्ने क्रममा उक्त लागूऔषध फेला परेको प्रहरीले जनाएको छ।

उनिहरुलाई नियन्त्रणमा लिई लागूऔषध कसुर मुद्धामा जिल्ला अदालत हेटौंडाबाट म्याद लिई अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय