साउन२४,काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले विदेशमा रहेका नेपाली नागरिकहरुका लागि मताधिकारको व्यवस्था गर्न सरकार र सम्बन्धित निकायहरुको गम्भीर ध्यानाकर्षण गराउने अभियान सञ्चालन गर्ने भएको छ।

पार्टीको शुक्रवार बसेको केन्द्रीय समितिको बैठकले सो निर्णय गरेको हो ।

सर्वोच्च अदालतले २०७४ साल चैत्र ७ गते निर्वाचन आयोगलाई विदेशमा रहेका नेपाली मतदाताको मताधिकार सुनिश्चित गर्न निर्देशनात्मक आदेश दिएको थियो।

यस्तै सर्वोच्चले गत साउन १ गते पनि निर्वाचन आयोगलाई पत्र लेखेर वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार प्रदान गर्ने आदेश कार्यान्वयन गर्न पुन: ताकेता गरेको छ।

त्यस्तै पार्टी सभापति रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोध विरुद्ध जनताको हस्ताक्षर अभियानलाई देशव्यापी रुपमा प्रभावकारी बनाउन केन्द्रीय समितिको तर्फबाट संगठन निर्माणका हरेक गतिविधि सँगसँगै प्रभावकारी बनाइने समेत निर्णय भएको छ ।
यस्तै पार्टीको संस्थापक केन्द्रीय सदस्य इश्रामुल्ला मियालाई केन्द्रीय सदस्यको जिम्मेवारी पुनः दिने निर्णय पनि गरेको छ। मियाँले हज कमिटीको अध्यक्षमा नियुक्ति हुँदा पार्टीको केन्द्रीय सदस्यबाट राजीनामा दिएका थिए।

यस्तै बैठकले पार्टीको रिक्त रहेको विभिन्न विभाग तथा समितिहरुमा विभिन्न व्यक्तिहरुलाई मनोनयन पनि गरेको छ।

केन्द्रीय श्रम तथा उपभोक्ता हित विभाग प्रमुखमा श्यामबाबु गौतम, काठमाडौँ,केन्द्रीय सार्वजनिक लेखा समीक्षा विभाग प्रमुखमा गोकुल सापकोटा, नवलपुर,मधेस प्रदेश समितिको सहमहामन्त्रीमा गणेश धिमाल, बारा र पुनम साह,सिराहा,केन्द्रीय श्रम तथा उपभोक्ता हित विभाग प्रमुखमा ललित श्रेष्ठ, नवलपुरलाई मनोनीत गरेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय