साउन३०,रुपन्देही।राष्ट्रिय स्वतन्त्र पार्टी,रास्वपाले लुम्बिनी प्रदेशकाे रूपन्देहीमा प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ।
कार्यक्रमको उद्घाटन कार्यवाहक सभापति डीपी अर्यालले घण्टी बजाएर गरेका छन्। कार्यक्रम आज र भोलि दुईदिन सम्म चल्ने छ।

कार्यक्रममा उपसभापति डा.स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रदेश इन्चार्ज तथा सहमहामन्त्री विपिन आचार्य, प्रवक्ता मनिष झा, सांसद सुमना श्रेष्ठ र डा. तोषिमा कार्की तथा क्षेत्र नं ३ उपनिर्वाचनका आकांक्षी उम्मेद्वार लगायतका नेताहरुको सहभागिता छ।
कार्यक्रममा पार्टी समर्थकहरुको पनि उल्लेख्य उपस्थिति रहेको छ।



