भदौ७,हेटौंडा।हेटौंडास्थित ड्रीम्स स्कुल प्रालीले आयोजना गरेको म यस्तो गीत गाउँछु जुनियर प्रतियोगिताको समापन गरिएको छ ।प्रतियोगितामा राज्यलक्ष्मी शाह , सुज्यैना गहतराज र आर्मन कार्की क्रमश: प्रथम द्वितीय र तृतीय भए। विजेताहरुलाई नगद राशिसहित पुरस्कृत गरिएको थियो।

हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडाका वडाध्यक्ष नवीन सिग्देलको प्रमुख आथिथ्यतामा भएको कार्यक्रममा प्रतियोगिताका निर्णायक इश्वर खड्का , सुनिता शर्मा लुइँटेल , सुभाष गहतराज तथा देवेन्द्र कार्की लगायत विभिन्न बिधाका ब्यक्तीत्वहरु पनि सम्मानित भएका थिए।

यस्तै म्युजिक स्कुलले डान्स मेरो मनको सिजन १ प्रतियोगिता पनि आयोजना गर्ने भएको छ ।
हेटौंडाका प्रत्येक स्कुलमा गएर विद्यार्थीहरुको अडिसन लिने र प्रतिभावान विद्यार्थीहरुबिच प्रतिस्पर्धा गराउने स्कुलका संचालक अनन्त खुलालले जानकारी दिए।
प्रतियोगितामा ६ सय जना विद्यार्थीहरु छनौट गरि प्रतियोगितामा सहभागी गराइने खुलालले बताए।
यस्ता कार्यक्रमले प्रतिभावान बालबालिकाहरुको प्रतिभा प्रस्फुटन हुने वडाध्यक्ष सिग्देलले बताए ।
स्कुलले गायन , नृत्य र अभिनय बिधामा प्रशिक्षण दिँदै आएको छ।



