असोज२९,निजगढ।राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको बारा जिल्ला सभापतिमा पूर्ण विधिवत प्रक्रियाबाट चन्दन स्वर्णकार नै चयन हुने भएका छन्।

केन्द्र र प्रदेश संगठन बिभागले जिल्लाको रिक्त पदपूर्तिको प्रक्रिया अगाडि बढाउन अनुमती दिएपछि सम्पुर्ण रिक्त पदका लागि आवेदन आह्वान गरेकोमा कसैले पनि कुनैपनि पदमा उम्मेदवारी दिएका छैनन्।

पार्टीमा बारा जिल्ला एकढिक्का रहेको संदेश दिनका लागि पनि कसैले पनि कुनै पनि पदमा उम्मेदवारी नहालेका स्वर्णकारको भनाई छ।

यसअघि २०८१ पुस ६ गते भएको जिल्ला भेलाबाट समेत स्वर्णकार नै निर्वाचित भई सपथ ग्रहण समेत गरेका थिए। तर, जिल्लाको आन्तरिक विवाद र केन्द्रिय अनुशासन आयोगको १ वर्षे प्रावधानका कारण उनले कार्यभार सम्हाल्न सकेका थिएनन।

त्यसैगरी २०८२ भाद्र २१ गते पनि जिल्ला बैठकबाट सर्वसम्मतरुपमा सभापति भएका स्वर्णकारलाई प्रदेश र केन्द्रले विधि र प्रक्रियाको पुर्ण पालना नगरेको भन्दै रोकेको थियो।

अब भने, सम्पुर्ण विधि र प्रक्रिया पुरागरी रास्वपा बारामा चन्दन स्वर्णकारको नै पुनरागमन हुने सुनिश्चित भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय