कार्तिक१४,काठमाडौं।चर्चित काँठे लोक गायक रेशम थापा मगरले रकम अभावमा आफ्नो पक्षघातको उपचार गर्न सकेका छैनन्।

कुनै समय करोडौं सम्पत्तिको मालिक रहेका गायक थापा अहिले रुँदै मलाई बचाइदिनुस् भनेर सहयोगको याचना गरिरहेका छन्।

शरिरको एकपाखा नचल्ने पक्षघात भएर काठमाडौंस्थित केएमसी अस्पतालमा उपचाररत उनि राम्रोसँग बोल्न पनि नसक्ने अवस्थामा रहेका लोकसञ्चारकर्मी नेपालका सचिव कमल सरगमले जानकारी दिए।

“पक्षघातको एउटा जटिल अपरेशन गर्न झण्डै ६ लाख रुपैयाँ चाहिने रहेछ,त्यति पैसाको अभावले उनि सबैसँग सहयोगको याचना गरिरहेका छन्।”सरगमले भने, “मसँग जम्मा १० हजार थियो दाईलाई केही राहत होस् भनेर सहयोग गरेर फर्किएँ।”

गायक थापालाई भेट्न विहिवार राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणि गौतम,राष्ट्रिय संगीतकर्मी संघका अध्यक्ष प्रकाश कटुवाल लगायत पुगेका थिए।

गायक थापाका पराई घर,रुमालै छ चिनो, खानिखोला बाँचेमा भेट होला जस्ता दर्जनौँ काँठेभाकाहरु चर्चित छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय