मंसिर१०,निजगढ।राष्ट्रिय स्वतन्त्र पार्टी बाराले निजगढ नगर समितिमा रिक्त रहेको पदपूर्तिका लागी आवेदन दिन सार्वजनिक आव्हान गरेको छ।रास्वपाले रिक्त रहेको विभिन्न १४ पदका लागी योग्यता पुगेका पार्टी सदस्यहरुलाई तोकिएको विधि वमोजिम व्यक्तिगत विवरणसहित उम्मेद्वारी दिन आव्हान गरेको हो।

निजगढ नगरपालिकामा हाल रास्वपाको पालिका समिति सभापति,सचिव,सहसचिव,कोषाध्यक्ष र दलित सदस्य १÷१ जना तथा खुल्ला सदस्यमा ५ जना र महिला सदस्य ४ जनाको पद रिक्त रहेको छ। आवेदन परेका उम्मेद्वारहरुको जिल्ला पदपूर्ति समितिले छनौट गर्ने जिल्ला सभापति चन्दन स्वर्णकारले जानकारी दिए।

उम्मेद्वारको योग्यता

– उक्त पदहरुमा उम्मेद्वारी दिन भ्रष्टाचारप्रती असहिष्णु,संवैधानिक सर्वोच्चता,विधिको शासन,लोकतान्त्रिक मूल्यमान्यताप्रती प्रतिबद्व भई पार्टीको नीति,सिद्धान्त,कार्यक्रम र विधानलाई स्वीकार गरि कार्यान्वयन गर्न तत्पर रहि पार्टिले तोके वमोजिमको प्रक्रिया पुरागरी कम्तिमा ३५ दिन अगाडी पार्टी सदस्यता प्राप्त गरेको हुनुपर्ने।

– नैतिकवान,स्वच्छ चरित्र र असल चालचलनका साथै क्षमतावान हुनुपर्ने।

–भ्रष्टाचार,जबर्जस्तिकरणी,मानव बेचबिखन तथा ओसारपसार,लागूऔषध विक्रीवितरण,निकासी वा पैठारी,सम्पत्ति शुद्धीकरण,अपहरण सम्बन्धि कसुर,हत्या सम्बन्धि कसुर वा नैतिक पतन देखिने अभियोगमा सजाय नपाएको हुनुपर्ने।

– नेपाल सरकार,प्रदेश सरकार वा स्थानीय निकायको स्वामित्व वा नियन्त्रणमा रहेको स्वशासित संस्थाको बहालवाला प्राध्यापक,शिक्षक व कर्मचारीको पदमा बहाल नरहेको हुनुपर्ने।

–उम्मेद्वारी प्रस्ताव गर्ने समयमा पार्टीको कुनैपनी अनुशासनात्मक कार्वाहीमा परी कार्वाहीको समयसिमा बाँकी नरहेको वा पार्टीको अनुशासन आयोगले कुनैपनी बन्देज नगरेको हुनुपर्ने।

–सबै पदका लागी निजगढ नगरपालिकाको स्थायी वासिन्दा हुनुपर्ने।

–बिगतमा अरु पार्टीमा रहेको भए कम्तिमा ३५ दिन अगाडी सो पार्टीबाट राजिनामा दिई सार्वजनिक घोषणा गरेको प्रमाणसहित रास्वपाको सदस्यता लिएको हुनुपर्ने।

–सामाजिक संजालमार्फत पार्टीको नाम वा चुनाव चिन्ह उल्लेख भएको कुनै न कुनै प्रचार प्रसार वा पार्टीको केहि सामग्री पोष्ट गरेको हुनुपर्ने।
आवेदन शुल्क
सभापति,सचिव र कोषाध्यक्ष पदको लागि १ हजार
सह–सचिवः ७५०
सदस्यः १००
आवेदन शुल्क बुझाउने ई–सेवा नम्बरः९८४५१२८१२८
आवेदन पेश गर्नेः जिल्ला सभापति चन्दन स्वर्णकारको whatsapp नम्बर ९८०८०६७५१५

आवेदन बुझाउने अन्तिम मितिः २०८२ मंसिर १२ गते ,दिउँसो ३ बजे सम्म।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय