मंसिर११,निजगढ।बाराको निजगढ नगरपालिकाले आर्थिकरुपमा सबल रहेका खानेपानी उपभोक्तालाई महसुलमा सहुलियत नदिने भएको छ।

विहिवार प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतमद्वारा हस्ताक्षरित सूचनामा नगरपालिकाले दिँदै आएको सहुलियतले नगरपालिकालाई भविष्यमा आर्थिक दायित्व अत्याधिक बढ्ने भएकोले सबल उपभोक्ताहरुलाई सहुलियत महसुलको सुविधा नलिने स्वघोषणा गर्न अनुरोध गरिएको छ।

सूचनामा “चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा आर्थिकरुपले सबल उपभोक्ताहरुले खानेपानी न्युनतम महसुल सुविधा नलिनेगरी स्वघोषणा गराउने अभियानलाई अगाडी बढाउने व्यवस्था गरेको हुँदा, आर्थिकरुपले सबल उपभोक्ताले आ-आफ्नो वडा कार्यालयहरु मार्फत उक्त सुविधा नलिनेगरी स्वघोषणा गरिदिनु हुन अनुरोध छ।” भनिएको छ।

आर्थिकरुपमा सबल उपभोक्तालाई सुविधा नलिने स्वघोषणा गर्न आग्रह गरेपनि अन्य उपभोक्ताहरुको लागी के व्यवस्था हुने उल्लेख छैन।

नगरपालिकाले सबै उपभोक्ताहरुले खपत गरेका १० युनिट(१० हजार लिटर) बराबरको न्युनतम एक सय रुपैयाँ महसुल खानेपानी संस्थालाई तिर्दै आएको थियो।

नगरका करिब १० हजार उपभोक्ताबाट वार्षिक १ करोड रुपैयाँ भन्दा बढि महसुल उठ्ने गरेको निजगढ खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष सुदर्शनप्रसाद कोइरालाले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय