मंसिर११,हेटौंडा।हेटौंडामा मोटरसाइकलको ठक्करबाट एक महिलाको ज्यान गएको छ।

पर्साको वीरगञ्ज महानगरपालिका-१६ नगवा घर भई हाल हेटौंडा-१० कर्रामा डेरा गरी बस्ने वर्ष ५५ की खुइली डोमको मोटरसाइकलको ठक्करबाट ज्यान गएको हो।

आज साँझ साँढे ६ बजेको समयमा कर्रा चोकमा पैदल हिँड्दै गरेकी डोमलाई पशुपतिनगरबाट हेटौंडा बजारतर्फ आउँदै गरेको ना.३८प ५८५० नम्बरको मोटरसाइकलले ठक्कर दिई घाईते बनाएको थियो।

घाइते डोमलाई उपचारार्थ ६ बजेर ४२ मिनेटमा हेटौंडा अस्पताल पुर्याईएकोमा उनको उपचारकै क्रममा ६ बजेर ५० मिनेट जाँदा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ।

मोटरसाइकल चालक बाराको सिम्रौनगढ नगरपालिका-११ का २५ वर्षिय सुनिल ठाकुरलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय