मंसिर१३,हेटौंडा।मकवानपुर प्रहरीले लागूऔषध खैरो हिरोईनसहित बारा निजगढका दुई युवालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बाराको निजगढ नगरपालिका-७ बस्ने ३० वर्षिय सुनिल आचार्य र वडा नम्बर ८ बस्ने ३१ वर्षिय किरण कार्की छन्।
उनिहरुलाई शनिवार दिउँसो सवा २ बजे पूर्व-पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-३स्थित तीनताप्केबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
बस्तिपुरतर्फबाट लेवर्टतर्फ आउँदै गरेको म.प्र.०३-०३२ प ३०१७ नम्बरको मोटरसाइकलमा सवार उनिहरुलाई प्रहरी सहायक निरीक्षक सिकिन्द्र साहको कमाण्डमा खटिएको चेकिङ टोलिले नियन्त्रणमा लिएको थियो।
उनिहरुको साथबाट २५ वटा पुरियामा पोको पारिएको १ ग्राम ०४ मिलिग्राम खैरो हिरोईन फेला परेको प्रहरीले जनाएको छ।



