मंसिर२२,निजगढ।राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको निजगढ नगर कमिटी सभापतिमा तिलकप्रसाद अधिकारी निर्वाचित भएका छन्।

आईतवार सम्पन्न निर्वाचनमा अधिकारी निर्वाचित भएका जिल्ला सचिव रामहरी खरेलले जानकारी दिए।

निजगढ नगर कमिटीमा रिक्त रहेको विभिन्न पदका लागी रास्वपा बाराले आवेदन मागेको थियो।

सोही आवेदन अनुरुप सभापतिका लागी दीपककुमार खड्का र अधिकारीको उम्मेद्वारी परेको थियो।

सह-सचिवमा निर्वाचित ढुंगेल।

त्यस्तै सह-सचिवमा सन्तोष ढुङेल,कोषाध्यक्षमा अप्सरा कटुवाल निर्वाचित भएका छन्।सचिव पदमा द्वारिका न्यौपाने र अन्य सदस्यहरु निर्विरोध निर्वाचित भएका जिल्ला सभापति चन्दन स्वर्णकारले जानकारी दिए।

कोषाध्यक्षमा निर्वाचित कटुवाल।

सदस्यतर्फ निर्वाचित हुनेहरुमा लिलानाथ तिमिल्सिना,सुरजप्रसाद तिमिल्सिना,अच्यूतप्रसाद घिमिरे,प्रविन श्रेष्ठ,मनोज रोका,जितबहादुर श्रेष्ठ तथा महिला सदस्यतर्फ लिलाकुमारी भट्टराई र दलित तर्फ यसोदा दर्जी छन्।

उप-सभापति पदमा भने सबिना बिष्ट यथावत रहेकी छिन्।
निजगढ नगरपालिकाका पदपूर्ति समितिका सदस्यहरु मतदानमा सहभागी भएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय