मंसिर२४,धनुषा । हिजो साँझ जनकपुरधाममा बालिका बलात्कार आरोपमा पक्राउ परेका व्यक्ति नेकपा एमाले महाधिवेशन प्रतिनिधि रहेको खुलेको छ ।
१४ वर्षीया बालिकालाई होटलमा जबरजस्ती करणी गरेको आरोपमा हिरा भनिने शिवशंकर साह पक्राउ परेका थिए ।
उनी जनकपुरधाम उपमहानगरपालिकाका मेयरका प्रत्यासी समेत हुन् भने जनकपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष पनि हुन्।
साह धनुषा क्षेत्र नम्बर-३ बाट एमालेको एघारौं महाधिवेशनका लागि प्रतिनिधि छनोट भएका हुन् ।
बालिकालाई बलात्कार आरोपमा साहलगायत ४ जनाविरुद्ध दुई साता अघि जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दर्ता भएको थियो ।



