मंसिर २७,काठमाडौं।राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल(रालोस)ले पत्रकार तथा सञ्चारकर्मीहरुको क्षमता अभिवृद्धिका लागि दुई दिने प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने भएको छ ।
रालोस केन्द्रीय समितिको आयोजनामा आगामी पुस २ र ३ गते सिन्धुपाल्चोकको सुकुटे बीचमा हुने प्रशिक्षणमा वरिष्ठ साहित्यकार डा.नवराज लम्साल र वरिष्ठ पत्रकार राजेन्द्र बानियाँले प्रशिक्षण दिने भएका हुन् ।
उक्त कार्यक्रमको तयारी करिब पूरा भइसकेको कार्यक्रम संयोजक तथा रालोसका उपाध्यक्ष हरिप्रसाद दुलालले जानकारी दिए।
कार्यक्रममा रालोसका केन्द्रीय पदाधिकारी एवं उपत्यकालगायतका विभिन्न शाखा तथा संस्थामा आवद्ध ५ दर्जनको हाराहारीमा पदाधिकारीहरुको सहभागिता रहने उनले बताए।
धेरै मिडिया सञ्चालकहरुको पनि सहभागिता रहने कार्यक्रममा नेपाली मौलिक लोक संस्कृति संरक्षण र यसको संरक्षण,संवर्द्वनका लागी पत्रकारले खेल्नुपर्ने भूमिकामाथि बहस हुने आयोजकले जनाएको छ।




