पुस १ सर्लाही । राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल (रालोस)को मधेश प्रदेश समिति गठन भएको छ ।

मधेश प्रदेशका ८ वटै जिल्लाहरुका सञ्चारकर्मीहरुको भेलाले क्षितिज विश्वकर्माको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति गठन गरेको हो ।

कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा रमेश खत्री, उपाध्यक्षमा सुशीला पोखरेल चौलागाईं, सचिवमा प्रफुल्ल मिश्र, सहसचिवमा विनोद ढुंगेल, कोषाध्यक्षमा श्रवण साह, सहकोषाध्यक्षमा मानिकचन्द साह चयन भएका छन् ।

त्यस्तै प्रचार प्रसार विभागमा कुलदीप दास,महिला विभाग प्रमुखमा आरती सेन्चुरी र प्रवक्तामा राजु श्रीवास्तव चयन भएका छन्।

यसैगरि सदस्यहरुमा सरिता सापकोटा, प्रभुप्रसाद यादव, रामनाच राम, सन्तोष कर्ण, एसएम जगाहस्त ‘गुड्डु’, अस्मिता परियार, अनिल यादव चयन भएका छन् ।

रालोस केन्द्रीय कार्यसमितिको महिला विभाग प्रमुख सबिता पोखरेलको प्रमुख आतिथ्यता एवं सहसंयोजक विनिता क्षेत्रीको विशिष्ट आतिथ्यतामा कार्यसमिति गठन गरिएको थियो ।

कार्यक्रममा विशिष्ट अतिथिका रुपमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान सर्लाहीका अध्यक्ष महेन्द्र महतो , समाजसेवी तथा उद्योग बाणिज्य संघ, लालबन्दी सर्लाहीका अध्यक्ष महेश महतो, अतिथिहरुमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान सर्लाहीका उपाध्यक्ष सन्तोष कर्ण , प्रतिष्ठानाका सहसचिव मदन नेपाल लगायतका व्यक्तित्वहरुको उपस्थिति थियो।

प्रमुख अतिथि पोखरेलले नेपाली संगीतका स्वर सम्राट नारायण गोपालको जन्म काठमाडौको किलागलमा भएको भन्ने गलत प्रचारलाई सच्याउँदै उनको जन्म सिराहाको भगवानपुरमा भएको तथ्य सबै सामु पुर्याउन यस समितिले पहल गर्नु पर्ने भन्दै नवगठित समितिलाई बधाई तथा सफलताको शुभकामना दिइन्।

उद्योग वाणिज्य संघ लालबन्दीको सभाहलमा आयोजित कार्यक्रमको सहजीकरण आरती सेन्चुरीले गरेकी थिइन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय