माघ८,हेटौंडा।मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-२ सिमखोला पुल नजिकै कुखुरा बोकेको एउटा बोलेरो गाडी दूर्घटना हुँदा एकजनाको ज्यान गएको छ।

गाडिमा सवार २ जना घाईते भएका छन् भने ३ सय कुखुरा पनि मरेका छन्।

दूर्घटनामा गम्भीर घाईते बोलेरोका सहचालक सर्लाहीको बरहथवा नगरपालिका-१ बस्ने १७ वर्षिय रोहन मण्डलको ज्यान गएको हो।

टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेका मण्डलको आज विहान पौने ५ बजेको समयमा काठमाण्डौंस्थित मेडिकल कलेजमा उपचारकै क्रममा ज्यान गएको प्रहरीले जनाएको छ।

घाईते अर्का सहचालक सोही ठाउँ बस्ने अन्दाजि बर्ष १६ का छोटे पासवान र बोलेरो चालक अन्दाजी वर्ष २५ का रामवली साहको सोही अस्पतालमा उपचार भईरहेको छ।

सर्लाहीबाट ५ सय कुखुरा बोकि काठमाडौं जाँदै गरेको म.प्र.०३-००१ च ६७२१ नम्बरको बोलेरो भीमफेदी-कुलेखानी-काठमाण्डौ सडक खण्डमा आज विहान साँढे १ बजे ब्रेक फेल भई अनियन्त्रित भएर सडकबाट ५/७ मिटर तल खोल्सामा खसेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय