माघ १०,काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना समर्थकहरूलाई समाजमा कसरी प्रस्तुत हुने भन्नेबारे एक मार्गदर्शक निर्देशिका सार्वजनिक गरेको छ।

सामाजिक सञ्जालमा रास्वपाका समर्थकहरू ‘अराजक’ भएको भन्दै आलोचना भइरहेका बेला पार्टीले आफ्ना समर्थकहरूका लागि ७ बुँदे ‘आदर्श चरित्र’ सार्वजनिक गरेको हो।

पार्टीले आफ्ना समर्थकहरू केवल भोटर मात्र नभई समाजका जिम्मेवार नागरिक हुनुपर्नेमा जोड दिएको छ।

रास्वपाले आफ्ना समर्थकहरूमा निम्न गुणहरू हुनुपर्ने परिकल्पना गरेको छ:

जिम्मेवार नागरिक: सामाजिक सञ्जालको प्रयोग गर्दा संवेदनशील र जिम्मेवार पहिचान दिने।

अपशब्दमा नि’षे’ध: कसैलाई अपमान नगर्ने र अपशब्द (गालीगलौज) प्रयोग नगर्ने/नगराउने।

स्वस्थ प्रतिस्पर्धा: राजनीतिक वा अन्य प्रतिस्पर्धामा स्वस्थ ढङ्गले सहभागी हुने।

चरित्र ह’त्या नगर्ने: कसैको व्यक्तिगत मानमर्दन वा चरित्र हत्या हुने खालका गतिविधि नगर्ने।

अ’हिं’सा’त्मक व्यवहार: कसैमाथि भौतिक आक्रमण नगर्ने र हिंसालाई प्रोत्साहन नगर्ने।

कानुनी मर्यादा: पत्रपत्रिका जलाउने जस्ता उच्छृङ्खल र गैरकानुनी कार्यमा संलग्न नहुने।

तथ्यपरक सूचना: विपक्षीका अभिव्यक्तिलाई पनि यथोचित कदर गर्ने र सत्य तथ्यका आधारमा मात्र सूचना प्रवाह गर्ने।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय