माघ ९,हेटौंडा।मकवानपुरको बकैयामा भएको सवारी दूर्घटनामा वीरगंज-१० पानीट्यांकीका ५० वर्षिय अनुराग श्रेष्ठको मृत्यु भएको छ।
श्रेष्ठ सवार स्कुटर शुक्रवार दिउँसो सवा २ बजे तिर बकैया-११ आँपचौरस्थित कान्तीलोकपथ सडक खण्डको टर्निङमा ट्रकसँग ठक्कर खाई दूर्घटनाग्रस्त बनेको थियो।
जीतपुर भञ्ज्याङतर्फबाट ठिंगनतर्फ जाँदै गरेको बा.प्र.०३-००१ क ०९५२ नम्बरको बलगर ट्रकसँग म.प्र.०३-०३९ प ५६४४ नम्बरको स्कुटर ठोक्किएको थियो।
दूर्घटनामा परि गम्भीर घाईते भएका श्रेष्ठको प्रहरीले उद्धार गरी उपचारार्थ हेटौंडा अस्पताल पठाएको थियो।
उनको चेकअप गर्ने क्रममा साँढे ४ बजे चिकित्सकले मृत घोषणा गरेका र प्रहरीले उक्त ट्रक र चालक नियन्त्रणमा लिएको जनाएको छ।



