माघ ११,हेटौंडा। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-१ मार्खुस्थित रहेको इन्द्रसरोवर तालमा पिउने पानी ढुवानी गर्ने एउटा मिनि ट्रक अचानक खसेको छ।

आईतवार अपरान्ह ४ बजेको समयमा मिनरल वाटर ढुवानी गर्दै गरेको बा०३ क ३९५४ नम्बरको आइचर गाडि मार्खु-कलंकी सडकखण्डस्थित हालै अध्यक्ष कप खेलकुद भएको खेलमैदान नजिकै रोकि मिनिरल वाटर झारेर डुङ्गामा स्थानन्तरण गर्ने क्रममा टायरमा लगाईएको ओट नाघी एक्कासी गुड्दा गाडिमा रहेका चालक र सहचालकसहित गाडी इन्द्रसरोवर तालमा खसेको प्रहरीले जनाएको छ।

चालक र सहचालक भने पौडिएर निस्कन सफल भएका बताईएको छ। उनिहरु सामान्य घाइते भएका छन्।

गाडी भने तालको लगभग ६ मिटर तल रहेको सशस्त्र प्रहरी बल बिपद व्यवस्थापन बेस कुलेखानी,क्युबिक ब्याट्रीका नेपाली सेना ,स्थानिय जनप्रतिनिधि ,स्थानिय डुंगा चालक सहितको टोलिले पत्ता लगाएका प्रहरीले जनायो।

गाडीको स्थान र अवस्था एकिन हुँदा पनि यो समाचार तयार पार्दा समेत गाडी निकाल्न सकिएको छैन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय