माघ १४,काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले फागुन पहिलो साता आफ्नो “वाचापत्र” सार्वजनिक गर्ने भएको छ।
रास्वपाले निर्वाचन लक्षित “वाचापत्र”सार्वजनिक गर्न लागेको हो।
उपसभापति डाक्टर स्वर्णिम वाग्लेको नेतृत्वमा “वाचापत्र मस्यौदा कार्यदल” बनेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।

उनका अनुसार मस्यौदा कार्यदलमा डाक्टर नन्दन यादव र डाक्टर अरनिको पाण्डे लगायतको संलग्नता रहेको छ।
भौगोलिक, व्यवसायीक,क्षेत्रगत र दलको संयन्त्रबाट सुझाव संकलन पश्चात मस्यौदा बन्दै गरेको उनले बताए।



