माघ २५,निजगढ।आगामी निर्वाचनको तयारीलाई तीव्रता दिइरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बाराको निजगढ नगरमा आफ्नो उपस्थितिलाई थप मजबुत बनाउने भएको छ।

‘परिवर्तनका लागि घण्टी’ अभियान अन्तर्गत भोलि माघ २६ गते निजगढका १३ वटै वडामा एकैसाथ वडा सम्पर्क कार्यालयहरू उद्घाटन गर्न लागिएको हो।

​नगरका हरेक नागरिकको समस्यासँग प्रत्यक्ष जोडिन र पार्टीका एजेन्डाहरूलाई तल्लो तहसम्म पुर्‍याउने उद्देश्यले यो अभियान सञ्चालन गर्न लागिएको रास्वपा निजगढ नगर समितिले जनाएको छ।

नगरका सबै वडामा एकैदिन कार्यालय स्थापना हुनुलाई स्थानीय स्तरमा रास्वपाको बढ्दो प्रभाव र संगठनात्मक शक्तिको रूपमा हेरिएको छ।

​नगर समितिले एक सूचना जारी गर्दै पार्टीका सम्पूर्ण सदस्य, शुभचिन्तक तथा परिवर्तनप्रेमी नगरवासीहरूलाई आ-आफ्नो वडामा हुने उद्घाटन कार्यक्रममा सक्रिय रूपमा सहभागी हुन हार्दिक अनुरोध गरेको छ।

​”अब निजगढको हरेक वडामा घण्टीको आवाज गुञ्जनेछ र विकासको नयाँ लहर सुरु हुनेछ,” नगर समितिका प्रतिनिधिले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय