फागुन ८,निजगढ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रको आन्तरिक असन्तुष्टि छताछुल्ल हुन थालेको छ।
मधेश प्रदेशकै संस्थापक सभापति ,बाराका संगठन विभाग प्रमुख हुँदै फेरि जिल्लाको देवताल गाउँपालिका समितिका संस्थापक सभापति कमरुद्दिन अन्सारीले पनि पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको घोषणा गरेका छन्।
अन्सारीले आज पार्टीको केन्द्रीय कार्यालयलाई सम्बोधन गर्दै राजीनामा पत्र बुझाएका हुन्।
स्रोतका अनुसार क्षेत्र नं २ का उम्मेद्वार चन्दन सिंहको व्यवहारप्रती उनी रुष्ट बनेका थिए। सिंहले आफुलाई र अन्य कार्यकर्तालाई समेत वास्ता नगर्ने गरेको अन्सारीको आरोप छ।
जबकी ममता शर्मालाई थमौती गर्दै चन्दन सिंहलाई टिकट दिलाउन उनै अन्सारीको अहम भूमिका रहेको थियो।
राजीनामापत्रमा के छ?
पछिल्लो समय राजिनामा दिने नेताहरुको आशय एकै किसिमको देखिएको छ।उनिहरुले पार्टीको पछिल्लो कार्यशैली र निर्णय प्रक्रियाप्रति गम्भीर प्रश्न उठाएका छन्।
आगामी फागुन २१ गते हुन लागेको निर्वाचनको सन्दर्भमा पार्टीले अवलम्बन गरेको पद्धति र निर्णयहरू रास्वपाको स्थापनाकालीन मूल्य, पार्टी विधान र सार्वजनिक प्रतिबद्धताको ठीक विपरीत रहेको उनिहरुको साझा धारणा छ।




