फागुन ९,​झापा ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सामान्यतया चुनावको समयमा हेलिकप्टर चढेर देशका दर्जनौँ जिल्ला पुग्ने गर्थे।

तर, यस पटकको चुनावी दृश्य बदलिएको छ। ‘देश दौडाहा’ मा निस्कने स्वभाव भएका ओली यसपालि आफ्नै निर्वाचन क्षेत्र झापा- ५ मा सीमित भएका छन्।

राजनीतिक वृत्तमा यसलाई रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) को बढ्दो प्रभाव र ओलीमाथि सिर्जित ‘मनोवैज्ञानिक दबाब’ को रूपमा हेरिएको छ।

रास्वपाले सुरु गरेको वैकल्पिक राजनीतिको लहर र युवा पुस्ताको आकर्षणका कारण ओलीले आफ्नो विरासत जोगाउन अन्य जिल्ला छोडेर आफ्नै क्षेत्रमा बढी समय खर्चिनु परेको र साह भने देशव्यापीरुपमा आफ्नो लहर फैलाईरहेका विश्लेषण गरिएको छ।

अझ रोचक त के छ भने, सधैँ अरूलाई जिताउन हिँड्ने ओलीलाई यसपटक आफ्नै क्षेत्रमा सुरक्षित गर्न एमालेका अन्य उम्मेदवार र नेताहरू झापा पुगिरहेका छन्।

नेकपा एकीकृत समाजवादीबाट पुन: एमालेमै भित्रीएकी नेतृ रामकुमारी झाँक्रीदेखि चक्रे मिलन जस्ता पात्रहरू ओलीको पक्षमा माहोल बनाउन झापा पुगेका छन्।

​आफ्नो निर्वाचन क्षेत्र बाहेक कतै जान नसक्नुले ओली यसपटक पूर्ण दबाबमा रहेको प्रस्ट हुन्छ।

बालेनको ‘साइलेन्ट’ तर आक्रामक प्रभावले गर्दा दिग्गज नेता ओलीलाई पनि आफ्नै गढ जोगाउन हम्मेहम्मे परेको राजनीतिक विश्लेषकहरूको तर्क छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय