फागुन १२,मधेश।नेकपा एमालेकी निवर्तमान सांसद सम्झना थपलिया राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेकी छिन्।
सिरहाको गोलबजारमा आयोजित एक विशेष कार्यक्रमका बीच थपलियासहित एमालेका अन्य नेता तथा कार्यकर्ताहरू रास्वपामा प्रवेश गरेका हुन्।
मधेस प्रदेशमा रास्वपाले आफ्नो संगठन विस्तार गरिरहेका बेला थपलियाको प्रवेशलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
नवप्रवेशी थपलिया लगायतका नेता-कार्यकर्ताहरूलाई रास्वपाका नेता तथा समानुपातिक उम्मेदवार पुरुषोत्तम यादवले पार्टीमा स्वागत गरेका थिए। स्वागतका क्रममा नेता यादवले रास्वपाप्रति देशैभरि आकर्षण बढेको र यसले आगामी राजनीतिक यात्रामा नयाँ उर्जा थप्ने विश्वास व्यक्त गरे।
नेकपा एमालेमा सक्रिय रहेकी प्रभावशाली छविका साथ परिचित थपलियाको रास्वपा प्रवेशले स्थानीय राजनीतिमा नयाँ तरङ्ग पैदा गरेको छ।




