फागुन २२,सर्लाही। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सर्लाही निर्वाचन क्षेत्र नं. १ की प्रतिनिधिसभा सदस्य उम्मेदवार नितिमा भण्डारी कार्कीले आसन्न निर्वाचन र राजनीतिक परिवर्तनका विषयमा आफ्नो धारणा सार्वजनिक गरेकी छिन्।

​आफ्नो निर्वाचन क्षेत्रका मतदाताहरूसँगको संवाद र प्रचार-प्रसारका क्रममा उम्मेदवार कार्कीले राजनीतिक परिवर्तनको परिभाषा केवल पद प्राप्त गर्नु मात्र नभई जनताको जीवनमा देखिने गरी परिणाम दिनु रहेको स्पष्ट पारेकी हुन्।

कार्कीले आफूहरू परम्परागत शासक बन्नका लागि नभई जनताको दैनिक कार्य र सेवा प्रवाहलाई सहज बनाउने ‘सहजकर्ता’ बनेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेकी छिन्। उनले भनिन्, “हाम्रो लक्ष्य सत्ताको बागडोर सम्हालेर हुकुमी शासन चलाउने होइन, बरु नागरिकले राज्यबाट पाउने सुविधालाई कसरी झन्झटमुक्त बनाउन सकिन्छ भन्नेमा केन्द्रित रहनेछ।”

आफ्नो प्रतिस्पर्धा कुनै खास राजनीतिक दल वा व्यक्तिसँग नभएको उल्लेख गर्दै उनले भनिन्, “हाम्रो मुख्य लडाइँ समाजमा व्याप्त भ्रष्टाचार र कुशासन विरुद्ध हो। हामी व्यवस्था बदल्न र जनतालाई न्याय दिलाउन मैदानमा उत्रिएका हौं।”

निर्वाचनको समयमा राजनीतिक मतभेद हुनु स्वाभाविक भए पनि एक-अर्काको अस्तित्व र विचारलाई सम्मान गर्न उनले सबैमा आग्रह गरेकी छिन्। उनले थप संयमित, सभ्य र जिम्मेवार बन्दै स्वस्थ लोकतान्त्रिक अभ्यासमा सहभागी हुन आफ्ना समर्थक तथा आम नागरिकलाई अपिल समेत गरेकी छिन्।

​’जय देश, जय घण्टी’को नाराका साथ उनले सर्लाही-१ को विकास र समृद्धिका लागि आफ्नो उम्मेदवारी रहेको स्पष्ट पारेकी छिन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय